भाईको पुण्य तिथीमा मानव सेवा आश्रमलाई सहयोग
धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर ३ की सपना कार्कीले भाईको पुण्य तिथीको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेकी छन्।
कार्कीले स्व. भाई बलबिरको वार्षिक पुण्य तिथीको अवसरमा मानव सेवा आश्रममा दुई हजार पाँच सय बराबरको खाद्यान्न, फलफूल लगायतका सामाग्री सहयोग गरेकी हुन्।
उनले खाद्यान्नका साथै फलफूल केरा, स्याउ लगायतका सामाग्री आश्रीत सडक मानवलाई खुवाएको मानव सेवा आश्रमले जनाएको छ।