सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषधसहित धनगढीका दुई जना पक्राउ

२०७७ भदौ २९, ०५:०१ खबर संवाददाता

धनगढी: कैलाली प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –२ का २३ वर्षीय जिवन खत्री र २५ वर्षीय हर्क मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले आइतबार उनीहरु कञ्चनपुरको डोकेबजारबाट से३प ८५५३ नम्बरको मोटरसाइकलमा ८० ट्याब्लेट ‘स्प्यास्मो प्रोक्सीभोन प्सल’ नामक लागुऔषध लुकाएर ल्याउदै गरेको अवस्थामा पक्राउ परेका हुन। 

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए। 
 

कमेन्ट लोड गर्नुस