सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि चितवनमा हुने

२०८३ वैशाख ३०, ०१:१२ खबर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय बनस्थलीमा बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर महाधिवेशन आयोजना गर्ने निर्णय गरेको रास्वपा नेता प्रकाशचन्द्र परियारले जानकारी दिए। बैठकमा पार्टी सभापति रवि लामिछानेले महाधिवेशनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

महाधिवेशनको मिति तय भएसँगै केन्द्रीय समिति आयोजक समितिमा रूपान्तरण भएको परियारले बताए। महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिसमेत गठन गरिएको छ।

रास्वपाले महाधिवेशनमा ७७ वटै जिल्लाबाट कम्तीमा २५ सय प्रतिनिधिको सहभागिता रहने अनुमान गरेको छ। त्यसैगरी, प्रदेश अधिवेशनको तालिकासमेत सार्वजनिक गरिएको छ। जसअनुसार जेठ २६ गते बागमती, २७ गते कोशी, २८ गते मधेस, २९ गते गण्डकी, ३० गते लुम्बिनी, ३१ गते कर्णाली र असार १ गते सुदूरपश्चिम प्रदेश अधिवेशन आयोजना गरिनेछ।
त्यस्तै, पालिका अधिवेशनसमेत गर्ने तयारी रहेको र पालिका अधिवेशन हुन नसके हालका पालिका संयोजकलाई नै महाधिवेशन प्रतिनिधि बनाइने व्यवस्था गरिएको नेता परियारले जानकारी दिए।

कमेन्ट लोड गर्नुस