धनगढीमा आज थपिए ५ जना संक्रमित
धनगढी– सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सोमवार पाँच जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप पाँच जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ७ का दुई जना, वडा नम्वर ३, ५ र १४ का एक÷एक जनामा संक्रमण पुष्टि भएको हो।
५ जना संक्रमित थपिएसँगै धनगढीमा संक्रमितको संख्या चार सय ३६ पुगेको छ। धनगढीमा ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या भने दुई सय ५२ छ।
संक्रमण पुष्टि भएका दुई सय ११ जनाले कोरोना जितिसकेका छन् भने दुई सय २५ जना संंक्रिय संक्रमित रहेका छन्।