धनगढीका दुई टोल सिल
धनगढी–धनगढी उप–महानगरपालिकाका दुई वटा टोल सिल गरिएको छ। उप–महानगरपालिका वडा नम्वर ५ का दुई टोल सिल गरिएको हो।
ज्ञान निकेतन क्षेत्रका तीन घर र जाई क्षेत्रका चार घरका केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।
जनप्रतिनिधिको रहोवरमा टोल सिल गरिएको प्रहरी नायव उपरिक्षक विष्टले बताए। सो क्षेत्रमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि प्रहरीले माईकिङ गरेको छ।
धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले टोल सिल भएपछि स्वाब संकलन भईरहेको दिनेश खवरलाई बताए। उनका अनुसार सो क्षेत्रबाट एक सय २५ जनाको स्वाब संकलन गर्ने लक्ष्य राखिएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ मा मात्रै संक्रमितको संख्या ५६ पुगेको छ।