सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एक महिनाको अवधिमा १९३ सवारी दुर्घटना, १४ जनाको मृत्यु

२०८३ जेठ ६, १०:१० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको वैशाख महिनाको विवरण अनुसार एक महिनाको अवधिमा १९३ सवारी दुर्घटना भएका छन्।

जसमा १४ जनाको मृत्यु भएको छ भने ३१६ जना घाइते भएका छन्। प्रहरीले दुर्घटनाको कारणमा भने चालकको त्रुटि प्रमुख रहेको जनाएको छ।

१९३ सवारी दुर्घटनामा चालकका कारणले १८२, मापसे सेवनका कारणले ३, सवारी साधनको कारणले १, यात्रुको कारणले २, सडकको अवस्थाका कारणले १ र चौपायाका कारणले ४ दुर्घटना भएका छन्। प्रहरीले सो अवधिमा ३ हजार ४२४ सवारी साधनलाई कारबाही गरेको जनाएको छ। जसबाट २८ लाख ७४ हजार ५ सय राजश्व सङ्कलन गरिएको प्रहरी नायव उपरीक्षक पालले बताए।

सो अवधिमा विपदमा परेर पनि ११ जनाले ज्यान गुमाएका छन्। ९३ वटा विपद्का घटना भएकोमा २२ जना घाइते भएको र ८१ लाख ३२ हजार बराबरको क्षति भएको प्रहरी विवरणमा उल्लेख छ। विपद् अन्र्तगत जङ्गली जनावरको आक्रमण, आगलागी, पानीमा डुबेर, सर्पले डसेर, करेन्ट लागेर र लडेर भएका घटना समावेश छन्।

कमेन्ट लोड गर्नुस