सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुस कटिङले धनगढीमा बेलाबेला विद्युत सेवा अवरुद्ध हुँदै

२०७७ भदौ १९, ०३:३३ खबर संवाददाता

धनगढी– नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले बुस कटिङ अर्थात प्रशारण लाईनमा छोएका रुखका हाङगा काट्न थालेपछि बेलाबेला विद्युत सेवा अवरुद्ध हुन थालेको छ।

वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीका अनुसार अहिले धनगढीमा रहेका ६ फिडर अन्तरगत बुस कटिङको कार्य भईरहेको बताए।

उनका अनुसार आज हसनपुर फिडर अन्तरगत बुस कटिङको कार्य भएकाले बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको हो।

भोली अन्य फिडरमा बुस कटिङको कार्य हुनेछ। वितरण केन्द्रले बार्षिक रुपमा एक पटक बुस कटिङको कार्य गर्दै आएको छ। 
 

कमेन्ट लोड गर्नुस