सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप ६ जनामा कोरोना पुष्टि

२०७७ भदौ १६, ०५:२६ खबर संवाददाता

धनगढी– धनगढी उप–महानगरपालिकामा मंगलवार ६ जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षण धनगढीका ६ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का तीन जना, वडा नम्वर ६, १२ र १९ का एक/एक जनामा संक्रमण पुष्टि भएको हो।

योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या दुई सय ४९ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस