सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठमा लगातार ४ दिन सार्वजनिक बिदा

२०८३ जेठ ९, ०१:०५ खबर संवाददाता

धनगढीः आगामी जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा पर्ने भएको छ। गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै जेठ १४ गते बकर ईद (ईद–उल–अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिअनुसार राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरूको प्रमुख चाड बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ। सोही अनुसार जेठ १४ गते देशभर बिदा हुने भएको हो।

त्यसपछि जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा पनि सार्वजनिक बिदा रहनेछ। यस्तै, जेठ १६ गते शनिबार र १७ गते आइतबार नियमित साप्ताहिक बिदा पर्ने भएकाले लगातार चार दिनसम्म सार्वजनिक बिदा हुने देखिएको छ।

कमेन्ट लोड गर्नुस