सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको शुक्लाफाँटामा निःशुल्क शव चिस्यान सेवा सञ्चालन

तस्बिर : पत्रकार अर्जुन सिंह
तस्बिर : पत्रकार अर्जुन सिंह
२०८३ जेठ ९, ०१:०१ खबर संवाददाता

धनगढीः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ। मानवीय संवेदनालाई ध्यानमा राख्दै सुरु गरिएको यो सेवाका लागि नगरपालिकाले करिब तीन लाख रुपैयाँ लागतमा आवश्यक उपकरण खरिद गरेको हो।

नगर कार्यपालिकाको हिउँदे अधिवेशनको निर्णयअनुसार ठेक्का प्रक्रियामार्फत उपकरण खरिद गरी सेवा सुरु गरिएको पूर्वाधार शाखा प्रमुख दीपक धामीले जानकारी दिए। उनका अनुसार वैदेशिक रोजगारी वा अध्ययनका कारण टाढा रहेका आफन्तहरू समयमै घर फर्किएर दिवंगत परिवारजनको अन्तिम दर्शन गर्न सकून् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको हो।

नगरपालिकाले आवश्यक परे नगर प्रहरीमार्फत शव चिस्यान यन्त्र घरदैलोमै पुर्‍याउने व्यवस्था समेत मिलाएको जनाएको छ। साथै, आगामी असार मसान्तभित्र शव वाहन सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।


 

कमेन्ट लोड गर्नुस