सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सरकारी कार्यालयमा कोचाकोच, छैन कोरोनाको डर

२०७७ साउन २४, ११:०२ कमल सावद

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरका कृष्ण खत्री कर बुझाउनका लागि आन्तरिक राजश्व कार्यालय धनगढी पुगे। बिहान कार्यालय पुगेका खत्री सयौँ सेवाग्राहीको भिड देखेपछि सेवा नलिएर फर्किए।

कोरोना भाइरसको संक्रमणको त्रास उच्च भएको समयमा समेत कार्यालयले सेवा प्रवाह गर्दा कुनै सतर्कता नअपनाएको खत्रीको गुनासो छ। उनी भन्छन, ‘कार्यालयमा धेरै भिड रहेछ। आज काम हुँदैन्। घर जान्छु। भोली फेरि आउनु पर्ने हो।’

आन्तरिक राजश्व कार्यालयमा मात्र होईन, संघीय सरकार तथा सुदूरपश्चिम प्रदेश सरकार मातहतका कुनै पनि कार्यालयले सेवा प्रभावहको शैलीमा परिवतर्न ल्याएको छैनन्। अन्तरिक राजश्व कार्यालयसंगै मालपोत, नापी र यातायात व्यवस्था कार्यालयको सेवा प्रवाह अस्तव्यस्त छ।

सुरक्षाका कुनै मापदण्ड समेत लागु नभएको अत्तरियाबाट मालपोत कार्यालयमा पुगेका लालबहादुर थापाले बताए। उनले भने, ‘मालपोतमा सयौको भिड छ। कोरोनाको कुनै प्रवाह गरिएको छैन्। अन्य समयका जस्तै अवस्ता छ। भौतिक दूरीको पालना गरिएको छैन्।’

कार्यालयहरुमा व्यवस्थापन भद्रगोल भएसंगै कोरोना संक्रमणको जोखिम उच्च भएको छ। सरकारी कार्यालयहरुमा सामान्य सतर्कता समेत अपनाईएका छैनन्। सेवाग्राहीको सामान्य ज्वरो समेत परिक्षण गरिएको छैन्। लाईनमा बस्दा भौतिक दूरीको समेत ख्याल गरिएको छैन्।

टोकन अनुसार सेवा प्रवाह गर्दा सहज हुने देखिएको भएपनि सो समेत नभएको कर बुझाउन धनगढी पुगेका गौरीगंगा नगरपालिका ७ का तारा थापाले बताए। ‘कर कार्यालयमा भिड छ,’ उनले भने, ‘कोरोना संक्रमणको डर हामीलाई पनि छ। तर कर कार्यालयले कुनै सजकता अपनाएको छैन्।’ 

कार्यालयहरुमा सामान्य समयको जस्तै सेवा प्रवाह हुन थालेपछि जोखिम भने बढेको जिल्ला प्रशासन कार्यालयले समेत स्विकार गरेको छ। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले सेवा प्रवाहमा सजकता अपनाउन आग्रह गरिएको बताए।

यातायात, नापी, मालपोच, आन्तरिक राजश्व कार्यालयको सेवा प्रवाहलाई व्यवस्थीत बनाउने र सतर्कता अपनाउने संकट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको उनले बताए। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस