सुदूर नेपाललाई विश्वसँग जोड्दै

रया्फटिङ कार्यक्रमको खर्च विवरण सार्बजनिक

२०७५ साउन ३, ०९:५९

कैलालीको अत्तरियामा रहेको गोदाबरी चेम्बर अफ कमर्सले आज खर्च बिबरण सार्बजनिक तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। गत जेठमा आयोजना गरेको द कर्णाली वन्डरफूल अर्थात रया्फटिङ कार्यक्रमको खर्च सावर्जनिक गरिएको हो। कमर्सका अध्यक्ष बिनोद मल्लले कार्यक्रममा रया्फटिङ कार्यक्रमको १० लाख ३६ हजार खर्च भएको जानकारी दिए। कार्यक्रममा पर्यटकिय क्षेत्र खप्तड सम्म साईकल यात्रा गरेका ३ जना साईकल यात्रीह? लाई सम्मान गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य तथा सुन्दर सुदुरपश्चिमका अभियान्ता गोपाल हमालले साईकल यात्रीह? बिबेक शर्मा, खगेन्द्र धामी र भरत शाहीलाई नेपाली ढाका टोपी लगाउदै सम्मान गरे। हमालले रया्फटिङ कार्यक्रमले अब कर्णाली नदीमा व्यवसायीक ?पमा रयाफटिड पनि सम्भवर रहेको प्रमाणीत गरेको बताए। कार्यक्रममा कैलाली उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष दिनेशराज भण्डारी, पुर्व महासचिव मोहनराज शर्मा लगायतले गोदाबरी चेम्बर अफ कमर्सले गरेको कामको सरहाना गर्दे आगामी दिनमा यस्ता कार्यक्रमह? संचालन गर्न अनुरोध गरेका थिए। कार्यक्रममा रया्फटिड. कार्यक्रमलाई बिभिन्न माध्याम बाट सहयोग पुरयाउने बिभिन्न संघ संस्था लाई धन्यबाद सहित प्रमाण पत्र पनि बितरण गरिएको छ। 
कमेन्ट लोड गर्नुस