सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा

२०८३ साउन २०, ०९:५३ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।

कैलालीको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ६६ हजार ४०० बराबरको बिडी, सुर्ति, कुर्ति, सुटपिस, मटर दाना लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ। 

यसैगरी कञ्चनपुरको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ८२ जहार ७९० बराबरको पेय पदार्थ, बिडी, सुर्ति, नमकिन, फलफुल, थान कपडा लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस