सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

एआई प्रबिधि प्रयोग गरी निर्मीत तस्बिर
एआई प्रबिधि प्रयोग गरी निर्मीत तस्बिर
२०८३ साउन २०, ०९:४७ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।

जिल्लाको कैलाली धनगढी उपमहानगरपालिका–२ विशालनगरबाट अवैध लागूऔषध खैरो हेरोइन ९४ मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय योगेश पाल र 
४३ वर्षीय सुवाश हमाल रहेका छन्। अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ। 

यसैगरी, टीकापुर नगरपालिका–१ खडकचोकबाट अवैध लागूऔषध खैरो हेरोइन ६७० मिलिग्रामसहित गोदावरी नगरपालिका–७ बस्ने २३ वर्षीय मिन रावललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरीले रावललाई पक्राउ गरेको हो। 

यसैगरी, धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट नियन्त्रित लागूऔषध स्पास २४० ट्याब्लेट सहित सोही उपमहानगरपालिका–१२ जुगेडा बस्ने १९ वर्षीय बिर्खबहादुर नेपालीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले नियन्त्रित लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस