सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालमा लक्षण देखिएका ३५ संक्रमितको उपचार हुँदै

२०७७ जेठ ३२, ०८:४० खबर संवाददाता

धनगढी : कोरोना विशेष तोकिएको सेती प्रादेशिक अस्पतालमा उपचाररत संक्रमितको संख्या ३५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार लक्षण नदेखिएका ६ जनालाई डिस्चार्ज गरेको अस्पतालमा लक्षण देखिएका ३५ संक्रमितको उपचार भईरहेको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलाली, कञ्चनपुर, बाजुरा, डोटी र डडेल्धुराका गरी ३५ जना संक्रमितलाई आईसोलेसन वार्डमा राखेर उपचार भईरहेको जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढि कैलालीका २२ जना, कञ्चनपुरका ७ जना, डोटीका चार जना, डडेल्धुरा र बाजुराका एक÷एक जनाको उपचार भइरहेको छ।

 कैलालीको गौरीगंगा गाउँपालिकाका मात्र १६ जना छन् भने कञ्चनपुरको पुर्नवास नगरपालिकाका ७ जना रहेको अस्पतालले जनाएको छ। यस्तै धनगढीका दुईजना, फुलबारीका दुईजना, जानकी र बर्दोगोरिया गाउँपालिकाका एक÷एकजनालाई आइसोलेसनमा राखिएको छ।

डडेल्धुराको अमरगढी नगरपालिका र बाजुराको त्रिवेणी नगरपालिकाका एक÷एक जनाको पनि सेतीमै उपचार भइरहेको हो। 

 

कमेन्ट लोड गर्नुस