सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ जीप दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग

२०८३ असार ३०, ०१:५० खबर संवाददाता

धनगढी– बझाङ जीप दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग गरिएको छ । 

नेकपा एमालेका सांसद ऐनबहादुर महरले बझाङको जीप दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

गत असार २७ गते बझाङको बुङ्गल नगरपालिकाबाट केदारस्युँ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो जीप दुर्गाथली गाउँपालिका–६ को सुङुरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

सो दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, कुटुरीदेवी महत र केदारस्युँ गाउँपालिका–७ की इमला महत धामीको मृत्यु भएको थियो । 

दुर्घटनामा करिब १२ जना घाइते भएको र तीमध्ये ८ जना गम्भीर अवस्थामा छन् । 

दुर्गम क्षेत्र भएकाले घाइतेलाई सडकमार्गबाट उद्धार गर्न लामो समय लाग्ने अवस्था रहेकाले सरकारले हेलिकप्टरमार्फत उद्धार गरेको भन्दै उनले सरकारलाई धन्यवाद दिए। 
 

कमेन्ट लोड गर्नुस