सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती नदीमा बगेर बैतडीका एक बालक बेपत्ता 

२०८३ असार ३०, ०१:३६ खबर संवाददाता

बैतडी–सेती नदीमा बगेर बैतडीका एक बालक बेपत्ता भएका छन् । 

सिगास गाउँपालिका–५ का दुई बर्षीय दिलिप धामी सेती नदीमा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले जानकारी दिए । 

आमा पार्वती धामी लुगा धुन सेती नदी किनार गरेको बेला मिा गएकी थिइन ।  दिलिप बगेर बेपत्ता भएका हुन् । 

स्थानीयबासी र प्रहरीको टोलीले बालकको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस