सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भगवतीले जन्माईन तीन छोरा

फोटो : रोहित गिरी
फोटो : रोहित गिरी
२०७७ जेठ २०, ०५:१२ खबर संवाददाता

धनगढी : धनगढीमा बझाङकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन्। धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा बझाङको झोताकी २७ वर्षीया भगवती विष्टले तीन शिशु (छोरा)लाई जन्म दिएकी छन्।

शल्यक्रिया मार्फत विष्टले तीन शिशु जन्माएको अस्पतालले जनाएको छ। पहिलो शिशुको तौल २२ सय  ग्राम, दोस्रोको २२ सय ५० ग्राम र तेस्रोको तौल दुई हजार ८० ८० ग्राम रहेको छ।

अस्पतालले पहिलो र दोस्रो शिशुलाई डिस्चार्ज गरिसकेको छ भने तेस्रो शिशुमा  सामान्य समस्या भएकाले भोली सम्ममा डिस्चार्ज गर्ने तयारी रहेको उनकी सासु जुनदेवीले बताईन्। यसअघि भगवतीकी तीन छोरी छन्। 

निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्वा अन्सारीको टिमले विष्टको शल्यक्रिया गरेका थिए।
 

कमेन्ट लोड गर्नुस