सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ६ लाखभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद

२०८३ साउन २, ०३:०८ खबर संवाददाता

धनगढी:जिल्ला प्रहरी कार्यालय कैलालीले करिब ६ लाख २६ हजार ५ सय रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले शनिबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन २ गते जिल्लाका विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले भन्सार छली गरी नेपाल भित्र्याइएका विभिन्न सामान बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद गरिएका सामानमा सुर्ती, बिडी, एसी (AC) स्ट्यान्ड तथा घरायसी प्रयोगका अन्य सामग्री रहेका छन्। बरामद सामानको अनुमानित मूल्य ६ लाख २६ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय, त्रिनगर बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिएका छन्।

प्रहरीले जिल्लामा भन्सार छली, अवैध आयात तथा राजस्व चुहावट नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउँदै जाने जनाएको छ।

कमेन्ट लोड गर्नुस