कैलाली उद्योग वाणिज्य संघले भन्यो– भोलीदेखि पूर्ण रुपमा व्यवसाय सञ्चालन गर्छाै
धनगढी : कैलाली उद्योग वाणिज्य संघले स्थानीय प्रशासनलाई व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गरेका छ। जिल्ला प्रशासन कार्यालय कैलालीलाई ज्ञापनपत्र बुझाउँदै संघले सामाजिक दूरी कायम गरी निर्वाध रुपमा व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गरेको हो।
लकडाउनका कारण निजी क्षेत्र धरासयी भईसकेको उल्लेख गर्दै सघले विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड पालना गर्ने सर्तमा व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गरेको हो।
सरकारले २५ गतेभित्रै कर बुझाउन समेत निर्देशन दिएकाले व्यवसायीलाई थप समस्या भएकाले लकडाउन परिमार्जन गर्दै व्यवसाय सञ्चालनको माग गरिएको हो।
प्रशासनले व्यवसाय सञ्चालनको अनुमती नदिए भोलीदेखि पूर्ण रुपमा व्यवसायी स्वयमले आफ्नो व्यवसाय सञ्चालन गर्ने समेत संघले चेतावनी दिएको छ।