धनगढीका जनप्रतिनिधिले छोरा बुहारीलाई क्वारेन्टिमा राखेनन्, घरमा लगे
धनगढी : सर्वसाधारणलाई क्वारेन्टिनमा राख्दै आएका धनगढी एक जना जनप्रतिनिधिले परिवारका सदस्यलाई भने सिधै घर लगेका छन्। धनगढी उपमहानगरपालिकाका कार्यपालिका सदस्य प्रेम बिकले आफ्ना छोरा वुहारीलाई सिंधै घरमा लगेका हुन्।
कोरोना प्रभावित जिल्ला दाङबाट आएका छोरा बुहारीलाई विकले क्वारेन्टिमा राख्दा जोखिम बढ्ने भन्दै घरमा राखेका हुन्। वडा नम्वर १४ का अध्यक्ष रामबजारी चौधरीले अहिले उनीहरुलाई क्वारेन्टिनमा राख्ने विषयमा छलफल भईरहेको बताए।
उनका अनुसार अहिले प्रहरी सहितको टोली विकको घरमा पुगेको छ।