कैलालीमा क्वारेन्टाईनमा बिरामी भएका युवकको आरडिटी रिर्पोट नेगेटिभ
लम्की : कैलालीमा भारतबाट फर्किएर पाँच दिनदेखि बिरामी परेका युवकको आरडिटी रिर्पोट नेगेटिभ आएको छ।
जेठ ८ गते भारतको सुरतबाट फर्किएर जिल्लाको लम्कीचुहा नगरपालिकामा रहेको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेका २६ वर्षीय युवकको आरडिटी टेस्ट गर्दा एन्टीबडी नदेखाएको लम्कीचुहा अस्पतालले जनाएको छ।
ती युवकमा हातखुट्टा गल्ने, दुःख्ने, पेट दुःख्ने, वान्ता हुने, टाउको दुःख्ने समस्या देखिएपछि कोरोना आशंका गरिएको थियो। यसअघि उनले आफूलाई अस्पताल लैजान समेत कसैले वास्ता नगरेको बताएका थिए।
लम्कीचुहा अस्पतालका स्वास्थ्यकर्मीले क्वारेन्टाईनमै पुगेर युवकको आरडिटी परीक्षण गरेका थिए। अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सीनाले युवकको स्वास्थ्य अवस्था सुधारोन्मुक भएको बताए।