सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा माटोको ढिस्कोमा पुरिएका युवकको मृत्यु, एकजना गम्भीर

२०७७ जेठ १७, ११:०६ खबर संवाददाता

धनगढी : कैलालीमा माटोको ढिस्कोमा पुरिएका युवकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ८ को उदासीमा माटो खन्ने क्रममा खसेको ढिस्कोमा पुरिएर गम्भीर घाईते भएका १८ वर्षीय भुवन बोहराको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले गम्भीर घाईते भएका युवकको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए।

यस्तै ढिस्कोमा पुरिएकी सोही ठाउँकी ४० वर्षीय दुर्गा मन्नी घाईते भएकी छन्। उनको सेती अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस