सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको महाकाली सिँचाईको नहरमा पुरुष वेपत्ता

२०७७ जेठ १०, १२:११

महेन्द्रनगर : कञ्चनपुरको महाकाली सिँचाईको नहरमा नुहाउने क्रममा एकजना वेपत्ता भएका छन्। सिँचाईको नहरमा नुहाउँदै गरेका अपरिचित पुरुष डुबेर वेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक रविन्द्र पौडेलले महेन्द्रनगर बसपार्कको उत्तरतर्फ ऐठपुर जाने पुल नजिकै नहरमा नुहाउदै गरेका पुरुष वेपत्ता भएकाले खोजी भईरहेको जानकारी दिए।

झण्डै आधा घण्टादेखि नहर छेउमा पानी खेलाएर बसेका उनी नुहाउने क्रममा वेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर वेपत्ता भएका पुरुषको पहिचान भने खुलेको छैन्। अहिले नहरमा खोजी कार्य जारी राखिएको छ।  
 

कमेन्ट लोड गर्नुस