सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ वैशाख १८, ०८:०९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

चोरी सम्बन्धी कसूर मुद्दामा १ वर्ष कैद सजाय र १२ हजार जरिवाना भई फरार रहेका शुक्लाफाँटा नगरपालिका-१० झलारीका २४ वर्षीय अर्जुन ऐर पक्राउ परेका हुन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८० फागुन २७ गतेको फैसलाले सजाय सुनाएपछि ऐर फरार रहेका थिए। उनलाई ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले झलारी बजारबाट पक्राउ गरि अदालतमा पेश गरेको बताएको छ।
 

कमेन्ट लोड गर्नुस