मदिरा पसल सञ्चालनको व्यवस्था गर्न कैलालीका मदिरा व्यवसायीको माग
धनगढी : कैलालीका मदिरा व्यवसायीले मदिरा पसल सञ्चालनको व्यवस्था गर्न माग गरेका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीलाई ज्ञापन पत्र बुझाउँदै मदिरा व्यवसायीहरुले व्यवसाय सञ्चालनको व्यवस्था गरिदिन आग्रह गरेका हुन्।
लकडाउनको समयमा अवैध मदिराको कारोबार बढ्दा सरकारको राजश्व गुमिरहेकोले कोरोना भाइरसको सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाउन तयार रहेको भन्दै ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको मदिरा व्यवसायी संघ कैलालीका अध्यक्ष पुष्कर भाटले बताए।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीलाई बुझाईएको ज्ञापन पत्रमा विभिन्न १० वटा बुँदाहरु राखिएका छन्।