सिरहामा गोली लागेर एक जनाको ज्यान गयो
सिरहाः सिरहामा भएको झडपका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ। बिहीबार अपराह्न भएको उक्त घटनामा औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको हो। घटनापछि सिरहाको गोलबजार र लहान क्षेत्र तनावग्रस्त बनेको छ।
स्थिति नियन्त्रण बाहिर जान नदिन र थप अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। अहिले प्रभावित क्षेत्रहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सहायक सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए।
घटनाको विस्तृत विवरण र झडपको मुख्य कारणबारे थप जानकारी आउन बाँकी छ। प्रशासनले सर्वसाधारणलाई संयमित रहन आग्रह गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ।