सरकारले गर्यो २३ सहसचिवको सरुवा
धनगढीः सरकारले २३ सहसचिवको सरुवा गरेको छ। उदयपुरका सिडिओसहितका कर्मचारीको सरुवा भएको हो। बुधबारको मन्त्रिपरिषद्को निर्णयअनुसार भएको सरुवा बिहीबार भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हो।
सामान्य प्रशासन मन्त्रालयका अनुसार उदयपुरका सिडिओ धर्मराज जोशीसहितका सहसचिवहरूको सरुवा भएको छ। जोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा सरूवा भएको छ।
यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिममा कार्यरत देवराज जोशीको अर्थ मन्त्रालयमा सरूवा भएको छ भने गृहमै कार्यरत सुमन घिमिरेको नेपाल ट्रष्टको कार्यालय तथा कालिप्रसाद पराजुलीको राष्ट्रिय महिला आयोगमा सरुवा भएको छ। निजामती किताबखानका महानिर्देशक श्रवण पोखरेल, उपराष्ट्रपति कार्यालयका चिरञ्जिवी पौडेलको गृहमा सरुवा भएको छ।