नेपालका दिवेश बने अमेरिकन आइडलको उपविजेता
२०७७ जेठ ५, ०८:५०
नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन्। दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन्। दिवेश उपविजेता बने।
आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन्। दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो।
कमेन्ट लोड गर्नुस