कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन जना घाइते
२०७७ वैशाख २२, ०२:३७
कैलाली : कैलालीमा माटाको ढिस्कोले पुरिएर तीन जना घाइते भएका छन्।
घाइते हुनेमा जिल्लाको घोडाघोडी नगरपालिका – १ जनकपुरका २७ वर्षीया सिता चौधरी, ३० वर्षीया पार्वती चौधरी र २८ वर्षीया रमीता चौधरी रहेका छन्।
घर लिप्नलाई माटो लिन गएका बेला उनीहरु माटोको ढिस्कोले पुरिएर घाइते भएका हुन्। ती सबैको घोडाघोडी अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ।
कमेन्ट लोड गर्नुस