सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पेस्तोलसहित तीन जना पक्राउ

२०७७ वैशाख २२, ०१:४३ खबर संवाददाता

धनगढी :  धनगढीमा पेस्तोलसहित तीन जना पक्राउ परेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का २१  वर्षीय अविनाश थापा, सोही ठाउँका २० वर्षीय नब्बु नामले चिनिने नवराज बराइली र बिनोद कुंवरलाई कटुवा पेस्तोलसहित क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)ले पक्राउ गरेको हो। 

प्रहरी नायव निरीक्षक केशव जोशी नेतृत्वको समुहले उनीहरुलाई धनगढी उप–महानगरपालिका वडा नम्बर ७ देवरीया वन क्षेत्रमा लुकाएर राखिएको एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेकोे हो। साथै एक थान गोल समेत बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ। 

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएर थप अनुसन्धान थालेको निमित्त प्रमुख, प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। 

 

कमेन्ट लोड गर्नुस