डि–कम माईक्रो सिस्टम प्रालीद्धारा टीकापुर नगरपालिकालाई एक लाखका र्यापिड किट हस्तान्तरण
टीकापुर : टीकापुरको डि–कम माईक्रो सिस्टम प्रालीले टीकापुर नगरपालिकालाई झण्डै एक लाख मूल्य पर्ने र्यापिड किट हस्तान्तरण गरेको छ। विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) को परीक्षणमा प्रयोग गरिने ९५ हजार मूल्यमा खरिद गरिएका ४० वटा र्यापिड किट नगरपालिकालाई हस्तान्तरण गरेको हो।
डिकम माईक्रो सिस्टम प्रालीकी संरक्षक कमला विष्टले नगरपालिकामै पुगेर नगर प्रमुख तपेन्द्र रावललाई ४० वटा र्यापिड किट हस्तान्तरण गरेकी हुन्। डि–कम माईक्रो सिस्टम प्रालीका सञ्चालक प्रकाश विष्टले कोरोना भाईरसका शंकास्पद विरामीको नमूना परीक्षण गर्न पुगोस भन्ने उद्देश्यले नगरपालिकालाई र्यापिड किट सहयोग गरिएको बताए।
प्रालीले सुदूरपश्चिम र कर्णाली प्रदेशमा कृषि उपकरण तथा विभिन्न औजार सप्लाई गर्दै आएको छ।