सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकाद्वारा आगामी आर्थिक बर्षको बजेट स्वीकृत

२०७५ असार २३, ०६:३२

धनगढी उपमहानगरपालिकाको आर्थिक बर्ष २०७५-०७६ को बजेट स्वीकृत गरेको छ । असार १० गते तेस्रो साधारण सभामा प्रस्तुत १ अर्ब ७९ करोड ३४ लाखको बजेट शनिबार सम्पन्न नगर सभाले स्वीकृत गरेको हो । बजेट परिमार्जित सहित स्वीकृत गरेको मेयर नृपबहादुर वडले सभालाई जानकारी दिए । बजेट तथा कार्यक्रमले पूर्वाधार विकास, कृषीमा आधुनिकीकरण तथा ब्यावसायीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधी तथा संचार विकास, उद्यम र सहकारीताको विकास, मानव संसाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धनको क्षेत्रमा बिशेष जोडलाई प्राथमिकता दिईएको छ । पूर्बाधार विकासलाई प्राथमिकतामा राखेर ल्याएको बजेटमा भादा होकस्टेलाई थप प्रबद्र्धन गर्ने, थारु संग्रहालयको प्रवद्र्धनका कार्यलाई निरन्तरता दिइने लगायतका कार्यक्रम थप गरिएको छ । यस्तै धनगढी विमानस्थलको आगमन स्थलमा स्वागत गेटको निर्माण, ५१ हजारको विकास पत्रकारिता पुरस्कारको व्यवस्था, नयाँ बसपार्क निर्माणका लागि सार्वजनिक निजी साझेदारी ऐन अनुसार संचालनमा ल्याइने लगायत योजना पनि थप भएका छन् । 

 

कमेन्ट लोड गर्नुस