नेपालमा एकै दिन तीन जनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो
सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप तीन जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ। टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।
उनका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती तीनैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन्। उनका अनुसार सङ्क्रमितमध्ये एक अस्पताल र अर्का दुई जना क्वारेन्टाइनमा छन् । आज तीन जनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ घर फर्किएका छन्। -रासस