सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जानकीमा ७५ प्रतिशत विपन्न परिवारलाई राहत वितरण

२०७७ वैशाख ८, ०२:०५ खबर संवाददाता

कैलाली:  कैलालीको जानकी गाउँपालिकामा एकद्वार प्रणालीमार्फत राहत वितरण गरिएको छ।  गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले हालसम्म वडास्तरबाट आएको तथ्याङ्कका आधारमा ७५ प्रतिशत दैनिक ज्यालादारी गरी गुजारा गर्दै आएका विपन्न परिवारलाई राहत वितरण भइसकेको बताए। 

उनका अनुसार ५७१ क्विन्टल ६० केजी चामल, २८ क्विन्टल ५८ केजी दाल, २८ क्विन्टल ७८ केजी नून, दुई हजार ८५७ लिटर तेल र पाँच हजार ६७६  साबुन वितरण गरिएको छ। 

कमेन्ट लोड गर्नुस