सुदूर नेपाललाई विश्वसँग जोड्दै

हावाहुरी तथा असिनाले दुई करोडको क्षति

फाईल फोटो
फाईल फोटो
२०७७ वैशाख ८, १२:३३

विगत दुई दिनदेखि हावाहुरी र वर्षासँगै परेको असिनाले हेटौँडालगायत मकवानपुर जिल्लामा करिब  दुई करोड मुल्य बराबरको क्षति पु¥याएको छ। 

हावाहुरी र असिनाले कृषि बालीतर्फ गहुँ र मकैमा ठूलो क्षति पु¥याएको कृषि ज्ञान केन्द्र हेटौँडाले जनाएको छ। केन्द्रका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा व्यावसायिकरुपमा लगाएको भिन्डी, करेला, लौका, फर्सी, बन्दा, काउली, घिरौँउला तथा बोरीलगायत तरकारीमा क्षति पु¥याएको छ। 

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सो कार्यालयले जनाएको छ। तरकारी बालीमा भएका क्षतिले यसको मूल्यमा समेत वृद्धि हुने किसानको भनाइ छ। त्यस्तै हावाहुरीले मनोहरी गाउँपालिकाको दुई सय ५० घरमा क्षति पु¥याएको गाउँपालिकाले जनाएको छ। हावाहुरीले विशेषगरी विपन्न परिवारका घरको टिनको छाना उडाएको छ। 

गाउँपालिका अध्यक्ष एकराज उपे्रतीका अनुसार गाउँपालिकाको वडा नम्बर ५ को बस्तीमा बढी क्षति भएको र त्यहाँ रहेको टिनको छाना उडाएको बताए। यसैबीच जिल्ला प्रहरी कार्यालयले मकवानपुरले पनि क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ। रासस
 

कमेन्ट लोड गर्नुस