मुस्लिम समुदायका ५ जनालाई सेती अस्पताल लगियो, कोरोना परीक्षण हुने
धनगढी : सप्तरीको कार्यक्रममा सहभागी धनगढीका पाँच जना जनालाई अस्पताल लगिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्राफिक चौराह र पशुपति टोलका पाँच जनालाई अस्पताल लगिएको हो।
उनीहरुको थ्रोट स्वाव संकलन गरी कोरोना परीक्षण गरिने छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसरा उनीहरु पाँचै जना पुरुष हुन्। पाँचै जना मुस्लिम धर्मावलम्बी हुन्।