सुदूरकी नारी भित्र लुकेको ठूलो भारी!
- ममता खड्का
सुन्दर समाजमा लक्ष्मी हुनुभएको मेरो आमा, हेर्दा भाग्यमानी तर मनभित्र लुकेका प्रश्नको उत्तर नपाउने मुटु बल्झाउने ‘बिडम्बना’। सायद यो बिडम्बनाको उत्तर मेरो समाजलाई र भोगाइको पीडा मेरो आमालाई राम्रोसँग थाहा हुनुपर्छ। तर मैले खोज्दा पनि नपाएको त्यो कुरा सोध्दा पनि भेटाएन। सोध्दा लाग्छ, कति सोधु मेरी आमालाइ उहाँ कहिले भन्नुहुन्न किनकी उहाँसँग ती सबै जिज्ञाशाको जवाफ नभएर होला। त्यसैले नै हुनुपर्छ अरुलाई नभन्ने पनि।
त्यो बेला स्कुल नभएपनि मेरी आमाले धेरै पढ्नु भएको कुरा सुनेको थिए। सायद त्यो स्कुल नभई अनुभवको पढाई हुनुपर्छ। कति धेरै ज्ञान साचेर राख्नु भएको छ होला। तर त्यो न समाजमा भन्नु हुन्छ न घरमा मलाई नै। किन जान्ने भएर यति धेरै अनुभव बटुल्न परेको आमालाई। अझ भनौँ भने न समाजले बुझ्छ न मान्छेले थाहा पाउँछन्। न कतैबाट त्यसलाई प्रमाणित गर्न सकिन्छ आखिर अनुभव न हो। ज्ञान मान्छे अनुसार फरक–फरक हुँदो रहेछ, न त कुनै प्रमाण नत कुनै शास्त्रमा उल्लेख।
कति बस्ने होलान मेरी आमा यतिका बिडम्बनाको ज्ञान अनुभव लगेर, हुन त अरु को नै हुन र ? आफ्नै मनमुटुको मान्छे, सुख दुःखको सहयात्री मेरो बुवालाई पनि भन्नुहुन्न रे उहाँले। कती सहनसिल, कती धेरै ज्ञानी, कती सभ्य, दुःख पीडाको अनी कुरिती, कुसंस्कारको बिडम्बनाको रासलाइ सजिलै पचाउँने सुन्दर सभ्य समाजको सहनसिल मिलनसार सदस्य मेरी आमा।
सोच्दा सोच्दै रुन्छु, अरुलाइ सुनाईदिउ, भन्दिउ जस्तो। तर मेरी सहनसिल आमालाई किन लाग्दैन होला ? कति लाचारी, कसरी सक्छन् होला सहन यतिका पिडा। पेटमा आफू जस्तै सहनशिल मान्छे बोक्नुको पीडा मज्जाले सहने बानी ,कहिले घाँस दाउरा अनि कहिले यति ठूलो परिवारलाइ खानदेखी बस्ने कुरा सघाउन। कति जान्ने भएकी यति धेरै दुःख पीडा हुँदा हँुदै पनि म सक्दैन भन्नुको सट्टा अझै गाई वस्तुलाइ खाना बस्नदेखी लिएर गहुत गोबर व्यवस्थापन गर्न।
चराहरुले चिरबिर गर्न नपाउँदै घरको काम सकेर मेलापात, भीरपाखाबाट थकित हुँदा, भोकको कारण थकित हुँदा पनि सबैलाई खाना खुवाएर आफू पछाडी खाने। सायद त्यसै भएर होला घरमा लक्ष्मीको रुप भन्ने। किन लक्ष्मी बन्नु परेको होला ? दुः ख पीडाको राससँगै लत्पतेर समुद्र बिनाको सुनामीसँग मिसिएर, रुख बिनाको काडासँग बिज्जिएर, मान्छे बिनाको छाँयासँग तर्सेर, हिउँ बिनाको चिस्यानसँग कठोरिएर, प्रकाश बिनाको अधेरीमा चम्कीएर, गन्तव्य बिनाको यात्रामा दौडिएर।
कुन्नी हुन त मेरो आमालाई समाजले सम्मान गर्छ। सबै परिवारले माया गर्छ। सायद त्यही सम्मान र मायाले होला सबै कुरा गरम गरम लाग्ने। जुन आफ्नो भन्दा पनि अरुको मर्यादा को लागि, अरुको जीवनका अतितहरु नौ महिने गर्भवती भई आफ्नो देहलाई टुनामुना गर्नुको पीडा, महिनै पिच्छे महिनावरी हुनुको पीडा, अनि महिनावरी हुँदा सबै कुराको रोकावटको मर्म कति सजिलै सहने बानी ?
मन भक्कान्निछ, आफैमाथी ज्वाला दन्कीन्छ, आकाशमा गर्जिएको बादलसँग ठोके झै लाग्छ। अनि किन हो भन्ने कुराले आफैमाथी आन्यायको शासन चल्छ। प्रकाश बिनाको उज्यालो खोज्ने, धुन बिनाको तालमा नाच्न लगाउँने मेरो सभ्य समाजले कोरेका नियमको पालना गर्नुपर्छ भन्ने कुरा आमाले मैले नसोध्दा पनि निर्धक्कका साथ बताउनुभयो।
मैले मर्यादाका साथ पालाना गरे ती सबै कुरा। अरु के कुरा एउटा प्राकृतिक, शारिरीक,जैविक प्रक्रिया जुन रगतले मान्छेको रुप भयो त्यसैमा अछुत। आफैमाथी अन्याय गरे, भित्रभित्रै जलायो, मरेको सब बने, मेरो समाजको नियमलाई आफैमाथी बजारे, घरभित्र त के सयौं मिटर टाढा बसे।
खाने कुराको त कुरै छोडौँ जाबो आफै उम्रेको झारपात छुएन साच्चिकै। सबै कुरा आमाले सिकाउनु भो मैले पनि नबिराएर सबै गर्दै गए। जब झस्कीयो, अत्तालिए जुन आमाको पीडा देखेर आगो जस्तै दनदनी बल्ने म त्यही पीडाको नाटकी पात्र म बन्न पुगे।
कुन ठाँउ खोजीन, कसलाई सोधिन र ? शास्त्रमा उल्लेख नभएको ज्ञान, समाजमा कोरिएका नियम वेहोसी बनाउने पीडा, म बजारिए। न मेरो समाजले बुज्छ न आमालाई सम्झाउन। झन आफुलाई कसरी सक्छु र ? त्यसैले यो दुनियाबाट सदाका लागि जादैछु। म जस्तै आमाको लागि सहज बनाएर पीडाबाट उम्कीएर, आफै पीडामा जिउनु सिकाई त्यही पीडाले पिल्सीएको आमा (निर्मला राउत)
अछाम घर भएकी खड्का काठमाडौँमा अध्ययरत छन्।