सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लकडाउनको मौका छोपी काठ तस्करी, एक जना पक्राउ

२०७६ चैत्र २७, ०६:३३ खबर संवाददाता

धनगढी : कैलाली जिल्लामा लकडाउनमा काठ तस्करी मौलाएको छ। जिल्लाका विभिन्न सामुदायिक र राष्ट्रिय वनबाट लकडाउनको मौका छोपेर काठ तस्करी भईरहेको हो। यसै क्रममा जिल्लाको गोदावरी नगरपालिकाबाट तस्करीमा संग्लन एक जना पक्राउ परेका छन्। 

गोदावरी नगरपालिका वडा नम्वर १२ हलौडेका नरी बहादुर साउद पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘साउदको घरमा अबैध चिरान काठ तथा काठको गोलियाहरु लुकाई राखेको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर बिष्टको कमाण्डमा टोली खटिएको थियो। चेकजाँच गर्दा उनको घर छेउ तथा गोठमा चिरान कडी, चौपट, सिल्ली, तक्ता र तीन थान गोलिया गरी एक सय २१ कयुफिट काठ बरामद भएको हो।’

आवश्यक कारवाहीको लागि बरामद काठ र साउदलाई डिभिजन बन कार्यालय धनगढीको जिम्मा लगाईएको छ। 

 

कमेन्ट लोड गर्नुस