सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अनुमतिविना ड्रोन उडाइएको भन्दै नियन्त्रण, बोलन्या थलीका संयोजक हाजिरी जमानीमा छुटे

२०७६ चैत्र २६, ०७:५० खबर संवाददाता

धनगढी: धनगढीमा अनुमतिविना ड्रोन उडाइएको भन्दै प्रहरीले ड्रोन नियन्त्रणमा लिएको छ। उक्त ड्रोन उडाउने बोलन्या थलीका संयोजक यादव जोशीलाई भने प्रहरीले हाजिरी जमानीमा छाडेको छ। 

सामान्यतया ड्रोन प्रयोग गर्न जिल्ला प्रशासन तथा प्रहरीको अनुमति लिनुपर्ने हुन्छ। तर संयोजक जोशीले अनुमति नलिएरै ड्रोन उडाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

‘दैलोमै दबाई’ अभियान थालेको बोलन्या थलीले ड्रोन मार्फत घरमै औषधि पुगाउन ड्रोन प्रयोग गरेको थियो। ¥यान फारवेष्टसँगको समन्वयमा बिरामीको घरमा औषधि पुगाउन ड्रोन प्रयोग गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए। 

आफुले ड्रोन सञ्चालन गर्न अनुमतिका लागि जिल्ला प्रशासन कैलाली र धनगढी उपमहानगरपालिलाई पत्र पठाएको तर जवाफ नआएको उनले बताए। आफुले बुधबार ड्रोनको परीक्षण मात्रै गरेको संयोजक जोशीले बताए।  

 

कमेन्ट लोड गर्नुस