नेपाली कांग्रेस गोदावरीद्वारा खाद्यान्न हस्तान्तरण
कैलाली: नेपाली कांग्रेस गोदावरी नगर समितिले गोदावरी नगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड– १९ रोकथामका लागि सरकारले लकडाउन गरेकोमा त्यसबाट विपन्न वर्गलाई असहज भएको भन्दै उनीहरुका लागि नगरपालिकालाई राहत हस्तान्तरण गरिएको हो।
बुधबार नेपाली कांग्रेस गोदावरी नगर समितिका सभापति हेमप्रकाश उप्रेतीले ४६ क्विन्टल चामल, डेढ क्विन्टल दाल, २ क्विन्टल नुन गोदावरी नगरपालिकाका नगरप्रमुख हरीसिंह साउँदलाई हस्तान्तरण गरेका हुन। राहत हस्तान्तरण गर्दै नगर सभापति उप्रेतीले वास्तविक विपन्नले राहत पाउनेमा आफु विश्वस्त रहेको बताए।