सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुर्व अध्यक्ष हमाल र भण्डारीद्धारा उच्च अदालतको आदेशको स्वागत

२०७५ असार १८, ०६:२८

कैलाली उद्योग वाणिज्य संघका दुई जना पुर्व अध्यक्षले उच्च अदालत दिपायलको आदेशको स्वागत गरेका छन् । संघका पुर्व अध्यक्षद्धय गोपाल हमाल र दिनेशराज भण्डारीले आज संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै उच्च अदालतको कदमको स्वागत गरेका हुन् । फर्जी सदस्यता खारेजीको माग गर्दै परेको रिट निवेदनमा उच्च अदालत दिपायलले हिजो प्यान र भ्याट दर्ता गराएर मात्रै संघको सदस्य वनाउने आदेश दिएको थियो । 
पुर्व अध्यक्ष हमाल र भण्डारीद्धारा संयुक्त रुपमा जारी विज्ञप्तीमा उच्च अदालत दिपायलको आदेशको भावना अनुसार फर्जी सदस्यता छानविन गरी करको दायरामा ल्याउन र सम्बन्धित निकायहरु आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उधोग कार्यालय तथा वाणिज्य कार्यालयमा दर्ता पश्चात मात्रै संघको सदस्य हुने व्यवस्था गरी छिटो भन्दा छिटो निर्वाचन गराउन आवश्यक पहल गर्न पनि जिल्ला प्रशासन कार्यालय कैलालीलाई आग्रह गरिएको उल्लेख छ । 
सम्पूर्ण व्यवसायीहरुलाई अव हुने निर्वाचनमा सक्रियता पूर्वक भाग लिई व्यवसायिक हकहित संरक्षण एवं यस क्षेत्रको आर्थिक, सामाजिक रुपान्तरणका लागि पहल गर्न सक्ने सक्षम नेतृत्व छनौट गर्न सहयोग पु¥याउन समेत पुर्व अध्यक्षहरुले अपिल गरेका छन । विज्ञप्तीमा पछिल्लो केहि बर्षयता जसरीपनि नेतृत्व हत्याउने भावनाले प्रेरित भई फर्जी सदस्यता वितरण गरि वास्तविक व्यवसायिकहरुको नेतृत्व गर्ने संस्था नै नरहने अवस्थामा सिर्जना भएकोमा अदालतको आदेशले संघलाई वचाउन पनि सघाउ पुराएको अपेक्षा गरिएको छ । 

कमेन्ट लोड गर्नुस