सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाचारको हेडलाइनमा आइराख्ने प्रधानमन्त्री यतिबेला कुन अवस्थामा हुनुहुन्छ ?

२०७६ चैत्र २०, ०३:४९

श्रीमान प्रधानमन्त्री ज्यू,      
सम्मानित प्रधानमन्त्री श्री खड्गप्रसाद ओली ज्यूलाई मेरो नमस्कार,

प्रधानमन्त्री ज्यू विश्वमा महामारीको रुप लिएकोे कोरोना भाइरस (कोभिड–१९) ले हाम्रो देश नेपालमा पनि संक्रमण तिव्र बनाएको छ।  एक हजार एक सय ४५ जनाको परिक्षण गरिएकोमा नेपालमा ५ जनालाई संक्रमण पुष्टी भएको छ। तर नेपाल सरकारले कोरोना रोकथामका लागि खासै ध्यान दिएको मैले देखेको छैन्। चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको विश्वमा नौ लाख ३६ हजार आठ सय ६५ बढीमा देखिएको छ। ४७ हजार  दुई सय ६४ बढीको मृत्यु भएको छ। 

विश्व त्रसमा भएको यो बेला न प्रधानमन्त्री बोलेको सुन्छु। अरु बेला प्रत्येक समाचारको हेडलाइनमा आइराख्ने प्रधानमन्त्री ज्यू। यो बेला कुन अवस्थामा हुनुहुन्छ होला ? देशको सरकार भन्दा जनता एक सय गुण बढी शक्तिशाली रहेछन देशमा। चीनमा बस्ने मात्र नेपाली हुन? उहाँको लागि रातारात जहाज पठाउने मेरो सरकार। आज भारतमा रहेका नेपाली, जुन भारत र नेपालको सीमानामा अलपत्र छन्। तपाईको मनमा ती जनता प्रती दया नपलाएकै हो त ?

हिजो मात्र रास्ट्रपती ज्यूले अमेरिकामा रहेका नेपाली जनताको चासो दिएकोे खबर सुन्न्न पाइयो। के अमेरीका लगाएका विश्वका विकसित देशमा बस्ने मात्र नेपाली हुन त? भारत तथा खाडी मुलुकमा बस्ने के नेपाली होइनन्?  

प्रधानमन्त्री ज्यू, आज भन्दा करिब ४ महिना अगाडी देखापरेको कोरोना भाइरस अहिलेसम्म आइपुग्दा नेपाल सरकारले केही तयारी गरेको देखिएको छैन्। कोरोना भाइरसको परिक्षणका उपकरण पनि सरकारसंग छैन्। कस्को कमजोरी ? नेपालमा परिक्षण नहुँदै मर्नुपर्ने अवस्था आएको छ। भने भारतमा रहेका नेपालीहरु भोकै मर्दैछन्। लाखौ नेपाली भारतमा अलपत्र छन्। उनीहरुका दुःखलाई तपाईले नजर अन्दाज गर्दै आउनु भएको छ। उनीहरु नेपाली होइनन् ? 

तपाईले कोरोना रोकथाम तथा नियन्त्रणको लागि उच्च स्तरिय समन्वय समिति उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेकको नेतृत्वमा गठन गर्नुभयो। तर त्यो समितिमा एक जना पनि विशेषज्ञ छैनन्। कति सम्मको लापरवाही हो ?

प्रधानमन्त्री ज्यू। रास्ट्रपतिको लागि करोडौको जहाज किन्न सक्ने मेरो सरकार आज प्रत्येक प्रदेशमा किन प्रयोगशाला र आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न सकिरहेको छ्रैन्। अहिले विपद् व्यवस्थापन कोषको स्थापना पनि गर्नु भएको छ। विभिन्न व्यक्ति, संघ–संस्था व्यापारी, उद्योगीले करोडौं सहयोग गर्दैछ्न्। तर २०७२ को भूकम्प पिडितले राहत नपाएकाले त्यो रकमको पनि सदुपयोग हुनेमा मेरो आशंका छ। अन्य युवाहरुमा पनि होला। करोडौंका भ्रष्टाचारदेखि लिएर जस्तापाता सम्मको चोरी निकासी भएका खबर सार्वजनिक भएकै हुन्। 

देशमा राजतन्त्रको अन्त्य गरियो। लोकतन्त्र र गणतन्त्र स्थापना गर्न हामीले पनि भुमिका निर्वाह गरेका थियौ। तर अहिले पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड सहयोग गर्दैगर्दा तपाईले कति सहयोग गर्नुभयो? अहिलेसम्म हामीले सुन्न पाएका छैनाै। नत्र त तपाईले खाएको, सास फेरेको, दिशा गरेका समाचार आउने गरेका थिए। 

तपाइलाई मेरो अनुरोध, तपाई हरेक कुरालाई उखान टुक्काले मनोरञ्जन दिनुहुन्छ। तर बिन्ती छ प्रधानमन्त्री ज्यू यो अवस्थामा, यो महामारीलाई मजाकमा नलिइ दिनहुन अनुरोध गर्दैछु। यदि जनता नै नभए सरकार कहाँ हुन्छ ? यदी जनता नै नभए तपाईको पार्टी कहाँ बन्छ ?

यदि जनता नै नभए नेता कसरी बनिन्छ? प्रधानमन्त्री ज्यु विश्वमा जहाँ जति नेपालीहरु छ्न उहाँको उद्धारमा ध्यान पुगोस। विकसित देशमा बस्ने मात्र नेपाली, भारत र खाडीमा बस्ने चाहिँ नेपाली होइन्न नसोच्नु। यो संकटको केन्द्र प्रदेश र स्थानीय सरकार सबैको समन्वय गरेर यो महामारीबाट नेपाली जनतालाई उन्मुक्ति दिनुस। कोरोना भाइरसकाविरुद्ध म जुन बेला पनि तपाइलाई साथ र सहयोग गर्न तयार छु। 

बेरोजगार युवा,  किसानको छोरा करन साउँद
कैलाली, गौरीगंगा नगरपालिका वडा नम्बर ५ 
सुदूरपश्चिम

कमेन्ट लोड गर्नुस