धनगढीको नवजिवन सहकारीद्वारा पिपिई सहयोग
धनगढी: धनगढीमा रहेको नवजिवन सहकारी संस्थाले कोरोना भाइरस(कोभिड– १९) को उपचार र निगरानीमा खटिने व्यक्तिले प्रयोग गर्नका लागि पिपिई सहयोग गरेको छ।
सोमबार संस्थाका अध्यक्ष चक्रबहादुर सिंह लगायतको टिमले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई पिपिई हस्तान्तरण गरेका हो।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले पिपिईको अभाव खट्कीरहेको समयमा नवजिवन सहकारी संस्थाले दिएको सहयोगको निकै महत्व रहेको बताए।
त्यसैगरी धनगढीमा रहेको माहाविर मिष्ठानले पनि मजदुरका लागि भन्दै नगरपालिकालाई नमकिन लगायतका खाद्य सामाग्री उपलब्ध गराएको छ।