सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना संक्रमित युवकको सम्पर्कमा आएका ९ जनालाई क्वारेन्टाईनमा राखियो

२०७६ चैत्र १५, ०२:४८ खबर संवाददाता

धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवकको सम्पर्कमा आएका ९ जनालाई क्वारेन्टाईनमा राखिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका ती युवकका ८ जना परिवारका सदस्य र अस्पताल पुगाउने आफन्तलाई क्वारेन्टाईनमा राखिएको हो।

उनीहरुको समान्य स्वास्थ्य परिक्षण पछि धनगढी रंगशालामा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको सेती प्रादेशिक अस्पताल व्यवस्थापनले जनाएको छ। उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवकमा शुक्रबार कोरोनाको संक्रमण देखिएको पुष्टि भएपछि उनका परिवार सदस्य र अस्पताल पुगाउनेहरुलाई एम्बुलेन्स मार्फत आज बिहान अस्पताल पुगाईएको थियो।

चैत ८ गते काठमाडौँ–नेपालगञ्ज हुँदै धनगढी आएका उनी चैत ११ गते सेती अस्पताल भर्ना भएका थिए। ति युवक युएईको दुबईबाट भारतको राजधानी दिल्लै हुँदै काठमाडौँ पुगेका थिए। २१ मार्च अर्थात चैत ८ गते काठमाडौँबाट नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए।

उनी बुद्ध एयरको विमानबाट नेपालगञ्ज पुगेका थिए भने नेपालगञ्जबाट सार्वजनिक बस हुँदै धनगढी आएका थिए।  

कमेन्ट लोड गर्नुस