‘३७ बर्ष भारतमा मजदुरी गरे, अहिले स्वदेशमै भारी बोक्छु’
बझाङ : घरको आर्थिक अवस्था निकै कमजोर भएपछि १२ बर्षको कलिलो उमेरमै रोजगारीको खोजीमा भारतका विभिन्न शहरमा पुगेका बुंगल नगपालिका २ का गणेश बोहराले तीन दशक भारतमै मजदुरी गरे। होटेल र घरमा भाँडा माझेर, कसैको भारी बोकेर कष्टकर तीन दशक विताए।
कहीले साहुँ बाट ठगीए, कहीले आफन्तले ठगे, कहीले बजारीयाहरुले ठगे र उनले मेहनतको फल पाएनन्। कतीपय ठाँउमा उनीमाथि कुटपिट पनि भयो। विना कसुर गालीगलौजको सिकार बन्नु त सामान्य कुरा नै थियो। भारतमा काम गरेर गुजरा चलाउनु भन्दा आफ्नै देशमा केही काम र मागेरै भए पनि एक छाकको जोहो गर्नु पर्ला भन्ने सोच बनाएर उनी २०७१ सालमा घर फर्कीए। घरमा उनको परिवारमा एक छाक खानाको जोहो गर्न पनि बजारबाटै किनेर खानु पर्ने बाध्यता थियो। पाखो जमिन भएका कारण खेतबारी बाट उब्जनी भएको अन्न तीन महिनालाई ठिक्क हुन्थ्यो।
२०७१ सालमै बोहराले बझाङकै विभिन्न पसलेहरुका सामान ढुवानी गर्न तर्फ लागे र घर खर्च चलाउन थाले। जिल्लाको बागथला हँुदै १२ वटै स्थानीय तहहरुका मुख्य बजारमा र ग्रामीण बस्ति सम्म दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न थाले।
अहिले जिल्लाका सबै स्थानीय तहमा सडक संगै सवारीका साधन पुगेका कारण उनी सडक संजाल संग नजोडीएको साईपाल गाँउपालिकामामा केन्द्रित भएका छन्। विदेशमा काम गरेर पैशा कमाउन भन्दा आफ्नै गाँउ ठाँउमा काम गरेर आनन्द मिलेको उनको अनुभव छ।
अहिले महिनाको कम्तीमा पनि २५ देखि ३५ हजार सम्म भारी बोकेर आम्दानी गर्ने गरेको उनले बताए। तल्कोट गाँउपालिकाको स्याँडा सम्म सवारीका साधन पुगेका छन्। बोहराले भने, ‘त्यहाँ बाट आफ्नो क्षमताले भ्याए सम्म सामान बोक्दै आएको छु। आम्दानी राम्रो हुन्छ। आफ्नै बोली भाषा र भनेको समयमा समेत घर परिवारसंग भेटघाट हुने गरेको छ। अहिले बार्षिक तीन÷ चार लाख सम्म आम्दानी गर्न सकीन्छ।’ उनीसंगै बुंगल नगरपालिकाका ६, ७ जना साईपाल गाउँपालिकाका विभिन्न गाँउ बस्तिहरुमा भारी बोक्ने गरेका छन्।