सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बाबुराम र प्रदीपबिच ‘विद्वताले नधानेको राजनीति’मा घम्साघम्सी

२०७६ फाल्गुन १८, १०:०६ खबर संवाददाता

विश्व नेपाली साहित्य महोत्सवमा ‘विद्वताले नधानेको राजनीति’मा दुई वक्ताको घम्साघम्सी चलेको छ। धनगढीमा संचालित महोत्सवमा पूर्वप्रधानमन्त्री डा. वावुराम भट्टराइ र प्रतिनिधि सभा सदस्य एवंम् वैद्धिक नेता प्रदीप गिरीबीच सो बीचमा घम्साघम्सी चलेको हो।

डा. बाबुराम भट्टराईले राज्यसंचालन व्यवस्थापन  वर्ग समुदायको पक्षमा निस्पक्षताका साथ कर्म गर्नु नै राजनीति भनेका छन्। उनले भने, ‘राजनीति बहुआयामिक हो। जिवनसँग जोडिएको छ। ज्ञान विवेकको कमिले राजनीतिको कमी भएको होइन। ज्ञान विवेक नभएकाले पनि राजनीति गरेको उदाहरण छन र ज्ञान विवेक भएकाले गरेका राजनीति भन्दा पनि राम्रो काम गरेका छन्।’

राजनीतिलाई समय सापेक्षतामा  लिएमात्र राजनीति गर्न सम्भव हुने बताउँदै डा। भट्टराईले नेता, इतिहास र वर्तमानको आवश्यकताले जन्मने बताए। ‘आर्थिक सामाजिक रुपान्तरण गर्दै नीति नेताले बनाउँछ भने कार्यान्वयन कार्यकर्ताले गर्छ,’ उनले भने। गिरीले भावनात्मक परिपक्वता नै राजनीति रहेको बताए । उनले विकासको नाममा विनास नहुने भन्दै यसलाई रुपान्तरण गर्न बहसको आवश्यकता रहेको बताए।

उनले राजनीति गर्ने मान्छे विद्वतासहित नैतिकतावान पनि हुनु पर्ने बताए। उनले भने, ‘सामान्य दायित्व पुरा गर्नु नै विद्यता रहेको बताउदै उनले बुद्धिविजिले टाढा हेर्छ।’त्यसपछिको अर्को सेसनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा रोजगारी सृजना गर्नु आफ्नो ठूलो सपना रहेको बताए। ‘मुख्यमन्त्रीको प्रदेश सपना’ शिर्षकमा पत्रकार मनमोहन स्वाँरसँग बहस गर्दै उनले कृषि, ऊर्जा, पर्यटन, उद्योग तथा स्वरोजगार मार्फत् रोजगारी सृजना गर्न प्रदेश सरकार लागि परेको बताए।

यसैगरी, ‘साहित्य र राजनीति कति नजिक कति टाढा?’ शिर्षकमा बहस गर्दै राजेन्द्रसिंह रावल, नैनसिंह महर र डा। जनकराज शाहले राजनीति र साहित्य एकअर्काको परिपुरक रहेको टिप्पणी गरे।
 

कमेन्ट लोड गर्नुस