सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवाहको खर्च बचाएर असहायलाई सहयोग

२०७६ फाल्गुन १८, ०९:४५

धनगढीमा विवाहको खर्च बचाएर एक दम्पत्तीले असहायलाई सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ बसन्त टोलका सुरेन्द्र बोहरा दम्पत्तीले विवाहमा लाग्ने खर्च बचाएर दृष्टि फाउन्डेसनमा आश्रीत असहायलाई सहयोग गरेका हुन्। ईरा एकेडेमीका सञ्चालक समेत रहेका उनले विवाहको पार्टी र मासुमा लाग्ने खर्च कटाएर फाउन्डेसनलाई सहयोग गरेका हुन्। बोहराले शनिबार दृष्टि फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टलाई खाद्यान्नका लगायतका सामाग्री र पाँच हजार पाँच सय सहयोग प्रदान गरेका हुन।

कमेन्ट लोड गर्नुस