कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ को कार्यालय भवन उद्घाटन
मसुरिया- कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ को कार्यालय भवनको उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले वडा कार्यालय भवनको उद्घाटन गरेका हुन्।
गत आर्थिक वर्षमा वडा कार्यालयको भवन निर्माणका लागि नगरपालिकाले ३५ लाख विनियोजन गरेको थियो। निर्माण कम्पनी मार्फत ३२ लाखमा मनकापुरमा एक हल सहितको दुई कोठे वडा कार्यालय भवन निर्माण गरिएको हो।
वडा कार्यालयको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले स्थानीय सरकारले जनताको घर दैलोमा सेवा दिएको बताए। उनले पहुच नभएका जनताले पनि राज्यको सेवा पाएको बताए। सुदूरपश्चिम प्रदेश सरकारले ७० वर्ष माथिका बृद्ध/बृद्धाका लागि जेष्ठ नागरिक घर दैलो उपचार सेवाको व्यवस्था गर्ने उनले बताए।
सोहि अवसरमा दुई सय ७० जना जेष्ठ नागरिकको निःशुल्क स्वाथ्य परिक्षण समेत गरिएको वडा अध्यक्ष दलबहादुर कुमालले जानकारी दिए।