धनगढीको क्रिसेन्ट सिटी स्कुलको वार्षिकोत्सव सम्पन्न
धनगढी: धनगढीको क्रिसेन्ट सिटी स्कुलको वार्षिकोत्सव सम्पन्न भएको छ। उप–महानगरपालिकाको वडा नम्बर २ मा रहेको क्रिसेन्ट सिटी स्कुलको १८औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण जोशीको सभापतित्वमा सुरु भएको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अथिती सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पुर्व रजिष्टार डा. हेमराज पन्त रहेका थिए।
कार्यक्रममा विद्यार्थीहरुको संगितिक प्रस्तुती समेत रहेको थियो। १८औँ वार्षिकोत्सव कार्यक्रममा विद्यार्थी, अभिभावक लगायत अन्यको उलेख्य सहभागिता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण जोशीले बताए।